Skip to content
Friday, July 17, 2026 Nepali Online Media

काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने तयारी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २७, काठमाडौं । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने तयारी भएको छ ।

यस विषयमा छलफल गर्न उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार संयुक्त बैठक तय गरिएको छ ।

कोभिड–१९ महामारीको नयाँ स्वरूप ओमिक्रोनको सङ्क्रमण बढ्न थालेपछि यसको नियन्त्रणका लागि तीनवटै जिल्लाको कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (डीसीसीएसी)ले सम्बद्ध स्वास्थ्य अधिकारी तथा सरोकारवाला निकायसँग छुट्टाछुट्टै छलफल गरेको छ ।

जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सेवाहरू ‘आलोपालो’ प्रदान गर्ने विषयमा छलफल भइरहेको गोरखापत्रमा खबर छ ।