Skip to content
Friday, July 17, 2026 Nepali Online Media

उपत्यकाका सीडीओको बैठक : कुन-कुन क्षेत्रमा निषेधाज्ञा ?

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २७, काठमाडौँ | काठमाडौँ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक आज मंगलबार बस्दैछ। दिउँसो बस्ने बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रणका लागि छलफल गर्ने बताइएको छ। काठमाडौं उपत्यकामा सीसीएमसीसीले गरेको सिफारिस कार्यान्वयन गर्नेबारे छलफल हुन लागेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

सरकारले सार्वजनिक सेवा प्राप्त गर्नका लागि कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्न लागेको छ। कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्न सिफारिस गरेको थियो।

त्यस्तै सार्वजनिक स्थानहरु जस्तै कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल रंगशाला र पार्कमा पनि खोप कार्ड अनिवार्य गरेको छ। त्यस्तै अन्तर्राष्ट्रिय उडानमा हुने भीडभाड कम गर्न उडान तालिका बनाउन पर्यटन, सँस्कृति तथा नागरिक उड्डयन मन्त्रालयलाई उडान तालिका मिलाउन र आन्तरिक उडानतर्फ खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पासको व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने र राजनीतिक दलहरूलाई ठूला भेला-कार्यक्रम नगर्न, विभिन्न संघ-संस्थालाई महोत्सवलगायत भीड हुने कार्यक्रम नगर्न पनि आह्वान गरिएको छ। यसअघि नै पूर्वनिर्धारित कार्यक्रम भए स्थानीय प्रशासनको अनुमतिमा मात्रै कार्यक्रम गर्ने व्यवस्था गर्न पनि गृह मन्त्रालयलाई सिफारिस गरिएको छ।