२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुद्ध एयरले बढायो तलब सुविधा, अफिसरको १२ हजार ८ सय पुग्यो

२०७८, २७ पुष मंगलवार ०६:२९

पुस २७, काठमाडौँ | निजी वायुुसेवा कम्पनी बुद्ध एयरले कर्मचारीको तलब वृद्धि गरेको छ । देशको अग्रणी वायुसेवा कम्पनीमा रहेको बुद्ध एयरले कर्मचारीको लामो समयदेखि सरकारले तोकेभन्दा कम न्यूनतम पारिश्रामिकमा काम गराउँदै आएको थियो । 

सरकारले गत साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रामिक १५ हजार रूपैयाँ तोकेको थियो । तर, बुद्ध एयर प्रालिले सबैभन्दा सानो पद लोडरमा काम गर्नेलाई मासिक ३ हजार ६ सय रूपैयाँ दिँदै आएको थियो । 

त्यस्तै सहायक(अफिस असिस्टेन्ट) र अधिकृत तहका कर्मचारीलाई ८ हजार ६ सय र नौ हजार पाँच सय रूपैयाँ दिँदै आएको थियो । बुद्ध एयरका एक कर्मचारीका अनुसार कम्पनीले लोडरदेखि अफिसरसम्मको तलबवृद्धि गरेको हो ।

बुद्धले अधिकृत स्तरका कर्मचारीको तलब ९ हजार पाँच सयबाट १२ हजार ८ सय बनाएको छ । लोडरको तलब ३ हजार ३ सयबाट ९ हजार पाँच सय पुर्‍याएको छ । यद्यपी यो सरकारले तोकेको न्यूनतम पारिश्रामिक भित्र भने पर्दैन । कम्पनीका ती बहालवाला कर्मचारीका अनुसार यही डिसेम्बरबाट लागू हुनेगरी तलब बढेको हो ।  

पहिलाको तुलनामा न्यूनतम तलबवृद्धि भएका कारण यतिबेला कर्मचारी केही हदसम्म खुसी छन् । तर, न्यूनतम मापदण्डमा अझै नपुगेका कारण सन्तुष्ट भने छैनन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो