पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>पुस २७, काठमाडौँ |</b> नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन्।<br></p><p>नारायणहिटी दरबार परिसरको जग्गा बतास समूहलाई ठेक्कामा दिएको विषयको विवादमा मुछिएपछि दाहालले मंगलबार राजीनामा दिएका हुन्।</p><p>मंगलबार दाहालले संस्कृति, पर्यटन तथा उड्ययन मन्त्रालयमा राजीनामा बुझाएको स्रोतले बताएको छ। यो ठेक्काको छानबिन गर्न मन्त्रालयले बनाएको एक छानबिन समितिले दाहालले जिम्मेवारी पूरा नगरेको र छानबिनको दायरामा ल्याउनुपर्ने निष्कर्ष निकालेपछि दाहालले राजीनामा दिएका हुन्। छानबिन समितिले दाहाललाई कारवाही गर्न सिफारिस गरेको थियो।</p>

