पुस २९, काठमाडौँ |आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई यात्रुको बढी जमघट हुने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य सावधानीमा कडाइ गरिएको छ । कोभिड–१९ महामारीको जोखिम नियन्त्रणका लागि विमानस्थलले स्वास्थ्य मापदण्डको पूर्ण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, काठमाडौँ |आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई यात्रुको बढी जमघट हुने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य सावधानीमा कडाइ गरिएको छ । कोभिड–१९ महामारीको जोखिम नियन्त्रणका लागि विमानस्थलले स्वास्थ्य मापदण्डको पूर्ण"/>
2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कडाइ

पुस २९, काठमाडौँ |आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई यात्रुको बढी जमघट हुने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य सावधानीमा कडाइ गरिएको छ । कोभिड–१९ महामारीको जोखिम नियन्त्रणका लागि विमानस्थलले स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गर्दै विमानस्थल प्रवेश गर्ने ‘भिजिटर’लाई कडाइ गरेको हो । अन्तरराष्ट्रिय उडानमा जाने यात्रुलाई बिदाइ वा स्वागतका लागि जाने भिजिटर पासमा कडाइ गरिएको छ । अत्यावश्यकलाई मात्रै त्यस्तो पास दिइने गरिएको छ ।

विमानस्थलका महाप्रबन्धक बोलाप्रसाद गुरागाईँले कोभिड महामारीको सम्भावित जोखिम नियन्त्रणका लागि भिजिटर पासमा कडाइ गरी स्वास्थ्य मापदण्ड पालनालाई प्रभावकारी बनाइएको बताउनुभयो । “विमानस्थलमा जाने भिजिटरको पास पूर्ण बन्द गरिएको होइन, अत्यावश्यकबाहेकलाई प्रवेशमा कडाइ गरिएको हो, यसले केही हदसम्म विमानस्थलमा भीडभाड कम हुने र महामारीको जोखिम पनि कम हुने अपेक्षा गरिएको छ ।”
पछिल्ला दिनमा निरन्तर कोभिडका सङ्क्रमित बढिरहेका छन् । प्रतिकूल मौसमका कारण उडान सामान्य प्रभावित हुँदा विमानस्थलमा यात्रुहरुको भीड लाग्ने गरेको विमानस्थलले जनाएको छ । यस्तो समस्या अहिले आन्तरिक र अन्तरराष्ट्रिय दुवै उडानमा भएको छ । आन्तरिकतर्फ विशेषगरी हिमाली र तराईका कतिपय विमानस्थलमा बिहान उडान ढिलो हुँदा विमानस्थलको टर्मिनलमा यात्रु खचाखच हुने गरेको छन् । भीडभाड बढेपछि विमानस्थलले स्वास्थ्य मापदण्ड पालनामा कडिकडाउ गरेको छ । मास्क अनिर्वाय, स्यानिटाइजरको प्रयोग र दूरी कायम गर्न विमानस्थलले कर्मचारी तथा यात्रु वर्गमा अनुरोध गरेको छ ।
 त्रिअविबाट हाल आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान सेवा दिइरहेका छन् भने अन्तरराष्ट्रियमा दुई नेपालीसहित २० वायुसेवा प्रदायकले  उडान भर्दै आएका छन् । विमानस्थलका महाप्रबन्धक गुरागार्इँका अनुसार अन्तरराष्ट्रियमा १७ वटा नियमित र बाँकी चार्टर्ड गरी दैनिक २५ देखि ३० उडान हुने गरेका छन् । दुवैतर्फ गरी ५० देखि ६० उडान हुने गरेको छ । त्यस्तै आन्तरिकमा दैनिक ३०० हाराहारी उडान हुने गरेको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को निर्णयअनुरुप आगामी माघ ७ गतेदेखि विमानस्थलमा पुग्ने यात्रुलाई अनिवार्यरुपमा कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा संलग्न हुने व्यवस्था मिलाउने निर्णय गरेको थियो । अन्तरराष्ट्रिय उडानका यात्रुले ७२ घण्टे पिसीआर नेगेटिभ रिपोर्ट देखाउनुपर्ने हुन्छ । आन्तरिक उडानको हकमा माग ७ गतेदेखि हवाई यात्रुले खोप कार्ड देखाएर मात्रै हवाईयात्रा गर्न पाउनेछन् ।
कोभिड सङ्क्रमण बढेसँगै विमानस्थल कार्यालयले पुस २७ गते विज्ञप्ति जारी गर्दै अति जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भएको जनाएको थियो । विमानस्थलमा भीडभाड हुने भएकाले जरुरी अवस्थामा बाहेक बिदाइ र स्वागतका लागि विमानस्थल नआउनसमेत सर्वसाधारणमा अनुरोध गरेको छ । हवाईयात्राका दौरानसमेत आवश्यक मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
यता अध्यागमन विभागले पनि अत्यावश्यक नपरेसम्म विदेश यात्रा नगर्न सबैमा अनुरोध गरेको छ । विभागले पुस २८ गते ट्राभल एडभाइजरी जारी गर्दै नयाँ भेरियन्टको सङ्क्रमणको जोखिम भएका मुलुकहरूमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिहरूले अति आवश्यक अवस्थाबाहेक यात्रा नगर्न अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक