Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मानव बेचबिखनको आरोपमा मोडल देवकोटा पक्राउ

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ३०,काठमाडौँ | मोडल सुधा देवकोटा पक्राउ परेकी छन्। प्रहरीले उनलाई मानव बेचबिखनको आरोपमा पक्राउ गरेको हो। मोडल देवकोटाले अमेरिका र्पुयाइदिने भन्दै दुई व्यक्तिलाई विभिन्न स्थानमा अलपत्र पारेको बताइएको छ। उनले ट्राभल एजेन्सीको आवरणमा मानव तस्करी गरेको प्रहरीले जनाएको छ।

उनले श्रीमान् मुक्तिनारायण केसीसँग मिली ट्राभल एजेन्सी चलाउँदै आएकी थिइन्। दाहालले केही म्युजिक भिडियोमा अभिनय गरेकी छन्। अहिले भने उनले आफ्नै नामको युट्युब च्यानल चलाउँदै आएकी थिइन्।

उनीहरूले एक पीडितसँग ११ लाख १० हजार लिएका थिए। उक्त पीडितलाई विभिन्न स्थान हुँदै अमेरिका लैजाने आश्वास दिई इथियोपियामा बन्धक बनाइएको थियो। पछि ती पीडित आफन्तीको सहयोगमा नेपाल फर्किए।

दम्पतीको हातबाट शिकार भएका अर्कालाई दिल्ली हुँदै अमेरिका र्पुयाउने भनी दिल्लीमै दुई महिनासम्म राखियो। त्यसपछि इन्डोनेसिया र्पुयाई सात महिनासम्म बन्धक बनाई यातना दिइएको प्रहरीले जनाएको छ।

उनी इन्डोनेसियाको जेलमा १४ बसेका थिए। भिसा अवधि सकिएकाले उनी जेल बसेका हुन्। जेल सजायपछि उनलाई नेपाल फर्काइएको थियो।