पढ्न करिब 1 मिनेट लाग्छ

माघ २, काठमाडौँ | नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नास्ट गान तयार गरी पेश गर्न इच्छुकहरूलाई आग्रह गरेको छ।

आज सूचना निकालेर नास्टले नाष्टको काम कर्तव्य, भूमिका, विज्ञान प्रविधि एवं नव-प्रवर्तनसम्बन्धी र यसमार्फत् देशको समृद्धिबारे पूर्णभाव प्रष्फूटन हुने गरी नास्ट गान तयार गर्न इच्छुकहरूलाई आग्रह गरेको हो।

नास्ट गान नेपाली भाषामा तयार गर्नुपर्नेछ। साथै ६० शब्द नबढाइ माघ मसान्तभित्र नास्ट गान तयार गरी पठाउन पनि नास्टले भनेको छ।

नास्टको इमेल [email protected] मा तयार पारिएको नास्ट गान मेल गर्न सकिनेछ।

छनौट हुने सर्वोत्कृष्ट नास्ट गानलाई ५० हजार पुरस्कार प्रदान गर्ने पनि नास्टले जनाएको छ।