पढ्न करिब 1 मिनेट लाग्छ

माघ २, काठमाडौँ | नेपाली कांग्रेस प्रदेश १ समितिका सदस्य शिव कोइराला १० वर्षीया बालिका बलात्कार अभियोगमा पक्राउ परेका छन्।

मोरङ बुढीगंगास्थित टंकिसिनवारीका नेता कोइराला कांग्रेसको पहिलो प्रदेश अधिवेशनबाट १ नम्बर प्रदेश समिति सदस्यमा निर्वाचित भएका थिए। स्थानीय १० वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले कोइरालाको विरुद्धमा मौखिक उजुरी परेको बताए।

'हामी अनुसन्धान गरिरहेका छौं,' मुकारुङले भने, 'लिखित होइन, मौखिक उजुरी परेको छ, बालिकाको अवस्था के छ हामी हेर्दैछौं, कोइरालालाई हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं।'