Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

बुद्ध एयरको जहाज आकाशमा होल्ड हुँदा यात्रु बेहोस !

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ६, काठमाडौँ | काठमाडौँबाट आज बिहान नेपालगञ्जका लागि उडेको बुद्ध एयरको जहाज गन्तव्यमा पुगेर पनि झण्डै एक घण्टा आकाशमा घुमेपछि एक यात्रु जहाजमै बेहोस भएकी छन्।

सुरक्षा स्रोतका अनुसार जहाज बिहान ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने थियो। तर नसकेपछि आकाशमै घुमिरहेको हो।

बाँके प्रहरीका अनुसार ती बेहोस महिलाको राँझास्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६९ जना यात्रु लिएर बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको 9 AN-AJX को जहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगन्ज विमानस्थलमा अवतरण भएको छ। जहाजमा ६९ जना यात्रु थिए ।