Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कीर्तिपुरमा अनलाइनमार्फत जुवा खेलाउने १२ जना पक्राउ, महिनामै १ लाख डलर ३ घरमा कर्मचारी !

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ ६, काठमाडौँ | अनलाइनमार्फत जुवा खेलाएको आरोपमा प्रहरीले काठमाडौँबाट १२ जनालाई पक्राउ गरेको छ । कीर्तिपुर नगरपालिकाको विभिन्न स्थानमा सम्पत्ति नै हारजित हुने गरी अनलाइन जुवा खेलाउँदै गरेको गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । महिनामै १ लाख डलरको जुवा हुने र ३ वटा घरमा कर्मचारी समेत रहेको प्रहरीले जनाएको छ ।

कीर्तिपुर नगरपालिकास्थित चोभार, नगाउँ र बागभैरवस्थित विभिन्न घरहरूमा खानतलासी गरी अनलाइन जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई जुवा खेलाउन प्रयोग हुने ल्यापटप, मोबाइल लगायत उपकरणहरूसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका ६ चोभार बस्ने ३३ वर्षीय सुजेन्द्र थापा, वडा नम्बर ६ बस्ने १७ वर्षीय मनिष थापा, १७ वर्षीय समिर थापा, २७ वर्षीय कविता थापा, ३० वर्षीय रविन खड्का, कीर्तिपुर वडा नम्बर १० बस्ने ४५ वर्षीय बुद्ध महर्जन, १९ वर्षीया हनिशा महर्जन, वडा नम्बर ८ बस्ने २० वर्षीया रोजा महर्जन र १९ वर्षीय साहिल महर्जन, वडा नम्बर ९ बस्ने ३५ वर्षीय प्रदीपमान सिंह बस्नेत, वडा नम्बर ५ बस्ने १९ वर्षीय विनोद ठगुन्ना र १७ वर्षीय रमादेवी श्रेष्ठ रहेका छन् ।

पक्राउ परेका मध्ये सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत र बुद्ध महर्जनले अनलाइन जुवा खेलाउन सम्पूर्ण तयारी मिलाई ३ वटा घरमा २४ सै घण्टा सिफ्टवाइज कर्मचारीसमेत राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसरी राखिएका कर्मचारीले फेसबुकबाट अमेरिकी र युरोपेली नागरिकलाई साथी बनाई अनलाइन जुवा खेल्ने लिङ्क शेयर गरी अमेरिकन डलर लोड गर्न लगाई गेम खेलाउने गरेको पाइएको प्रहरीको भनाइ छ ।

उनीहरूले विगत १० महिनाअघि देखि महिनाको करिब १ लाख अमेरिकी डलरभन्दा बढी रकम हारजित हुने गरी जुवा खेलाउने गरेको समेत खुल्न आएको छ । पक्राउ परेका १२ जनालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।