Skip to content
Friday, July 17, 2026 Nepali Online Media

अखाद्य वस्तु मिसावट गरिएको महसहित श्रेष्ठ पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ७, काठमाडौँ | अखाद्य वस्तु मिसावट गरिएको करिब सात हजार किलो महसहित काठमाडौंबाट प्रहरीले एक जना पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बिहिबार नयाँबजार ज्याठाबाट स्पर्श हनी नामक ब्रान्डका सञ्चालक नरेश श्रेष्ठलाई पक्राउ गरेको हो।

सो महमा अखाद्य वस्तु मिसावट गरेको सूचनापछि प्रहरी टोलीले छापा मारेको थियो। परीक्षण गर्ने क्रममा महमा अखाद्य वस्तु मिसाइएको पुष्टि भएको महाशाखाका एसपी कृष्ण पंगेनीले जानकारी दिए।

प्रहरीले उक्त सबै महसहित कच्चापदार्थलगायत सामग्री बरामद गरेको छ। त्यसमा सोडालगायत वस्तु मिसाएको पाइएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए। प्रहरीका अनुसार उक्त मह प्रतिकिलो ६०० रुपैयाँमा बिक्री गरिँदै आएको थियो।