2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ उपत्यकामा जोरबिजोर प्रणाली लागू

January 22, 2022

माघ ८, काठमाडौँ | उपत्यकामा शनिबारदेखि जोर नम्बरका सवारी साधन मात्रै सञ्चालनमा आएका छन् । कोरोना भाइरस तीब्र रुपमा फैलिएपछि उपत्यकाका तीनै जिल्लाका स्थानीय प्रशासनले यातायातका साधनमा जोरबिजोर लागू गरेका हुन् ।

राति १२ बजेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लाका स्थानीय प्रशासनले सबारी साधनमा जोर बिजोर प्रणाली लागू गरेका हुन् । शनिबार जोर गते भएकाले अन्तिममा बिजोर नम्बर भएका सवारी चल्न नपाउने प्रशासनले जनाएको छ ।

उपत्यकामा जोर नम्बर भएका सबारी मात्रै सञ्चालनमा रहेका छन् । अर्को आदेश नभएसम्म अब जोर गते जोर नम्बर भएका सवारी मात्रै र बिजोर गते बिजोर नम्बर भएका सवारी मात्रै सञ्चालन हुनेछन् । यो नियम निजी र सार्वजनिक यातायातका साधनमा लागू हुने प्रशासनको आदेशमा उल्लेख छ ।

दुई पांग्रे सबारी साधनसहित सबै सबारी साधनमा यो नियम लागू हुने प्रशासनले जनाएको छ । औषधि, स्वास्थ्य सामग्री, एम्बुलेन्स, दमकल, शव वाहन, ग्यास, पेट्रोलियम पदार्थ, पशुपंक्षीका दाना, अन्डा, फलफुल, खाद्यन्न, तरकारी, माछामासु बोकेका सवारी साधानमा भने जोरबिजोर लागू हुने छैन ।

त्यसैगरी सार्वजनिक गाडीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यात्रुलाई मास्क अनिवार्य गर्न, गाडीको ढोकामा र गाडीभित्र यात्रुले प्रयोग गर्ने गरी स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने नियम पनि लागू भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक