Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मौसम पूर्वानुमान : वर्षा र हिमपातको सम्भावना, सचेत रहन महाशाखाको चेतावनी

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ८, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले देशका अधिकांश भेगमा बदली हुनाका साथै कतिपय प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाले आगामी २४ घण्टाका लागि सचेत रहन आग्रह गर्दै वर्षा र हिमपातका कारण चिसो अझै बढ्ने क्रम रहेकाले त्यसबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै गण्डकी, बागमती र प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। काठमाडौंको आकाशमा बिहानैदेखि बाक्लो तुवाँलो लागेकाले केही चिसो महसुस गरिएको छ।