Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

होटलमा बन्धक बनाएर मोरङमा सामूहिक बलात्कार, १ जना पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ ९, काठमाडौँ | </b>मोरङको सुन्दरहरैचा नगरपालिका–४ बलिया स्थित होटलमा बन्धक बनाएर ३० वर्षीया महिलालाई बलात्कार गरिएको छ । शनिवार साँझ ति महिलालाई होटलमा लगेर ३ जनाले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको मोरङका एसपी&nbsp; जनार्दन जिसिले बताए ।<br></p><p>इटहरीबाट बहिनीको घर गछिया जाँदै गरेकी महिलालाई ३ आरोपीहरूले ‘बहिनीको घरमा छाडिदिन्छौँ’ भनेर प्रदेश–२–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर ‘श्रेष्ठ होटल एण्ड फेमिली लज’मा लगेका थिए । सो होटलमा उनीहरूले बलात्कार गरेको प्रहरीको भनाई छ ।</p><p>बलात्कारमा संलग्न रहेको आरोपमा&nbsp; होटल सञ्चालक ३६ वर्षीय अर्जुन श्रेष्ठलाई पक्राउ गरिएको एसपी जिसीले बताए । घटनामा संलग्न दुईजना फरार छन् ।&nbsp;</p>