Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कोटेश्वरबाट पठाओ राइडरलाई अपहरण गरेर मोटरसाईकल लुटपाट

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ ९, काठमाडौँ |</b> काठमाडौँको कोटेश्वरबाट गएराति पठाओ राइडरलाई अपहरण गरेर अपरिचित युवाहरुले मोटरसाइकल लुटेका छन् । अपहणकारीले कोटेश्वरबाट ललितपुरको धापाखेलस्थित आँखादहमा लगेर राइडरको हाँतखुट्टा तथा मुखमा टेप बाँधेर मोटरसाइकल लुटेका हुन् ।<br></p><p>लुटमा संलग्न दुईजनालाई कलंकीबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले&nbsp; बताए । अनुसन्धान भइरहेको भन्दै प्रहरीले आरोपीहरुको नाम सार्वजनिक गरेको छैन । महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी दिनेश घिमिरे नेतृत्वको टोलीले आरोपीहरुलाई मोटरसाइकल बेच्न लागेको अवस्थामा पक्राउ गरेको हो ।</p><p>गएराति १२ बजे एकजना युवक कोटेश्वरबाट पठाओ चढेर गएका थिए । उनले साथीलाई धापाखेलमा बोलाएर योजनाबद्ध रुपमा लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।धापाखेलस्थित एकान्त ठाउँमा लगेपछि आरोपीहरुले राइडरको हातखुट्टा डोरीले र मुखमा टेप बाँधेर बोल्न नसक्ने बनाएर छाडेका थिए । बन्धक बनाएर साथमा रहेको ८ हजार नगद र मोटरसाइकल लिएर उनीहरु भागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।&nbsp;</p>