Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अष्ट्रेलियामा २६ वर्षिय नेपाली महिला आफ्नै कोठामा मृत फेला

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १०, काठमाडौँ | अष्ट्रेलियाको पर्थमा २६ वर्षिय नेपाली महिला आफ्नै कोठामा मृत फेला परेकी छन्।

गैर आवासीय नेपाली संघ वेष्टर्न अष्ट्रेलियाका अनुसार गत बिहीबार राति प्रभा पाण्डे पौडेल नामकी नेपाली महिला आफ्नै घरमा मृत फेला परेकी हुन्।

रूपन्देही स्थायी घर भएकी प्रभा स-परीबार ६ वर्ष अघि अध्ययनका लागि अष्ट्रेलिया आएकी थिईन्।अध्ययन सकेर टिआर भिसामा रहेकी प्रभाको परिवारले दुई महिनाअघि सन्तान वियोगको पीडासमेत खेप्नुपरेको थियो

हालै १९० पिआरका लागि आवेदनसमेत दिएकी प्रभाको निधनले एनआरएनए वेष्टर्न अष्ट्रेलिया मर्माहत भएको सचिव प्रमेश केसीले बताए।

निकै मिजासिलो स्वाभावकी प्रभा घटना भएको साझ पनि साथीको घरमा डिनर गरेर फर्किएको केसीले जानकारी दिए।घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रभाको शव नेपाल पठाउनेबारे श्रीमान र परिवारसंग सल्लाह भइरहेको एनआरएन वेष्टर्न अष्ट्रेलियाका सचिव केसीले बताए।