Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

श्रीमतीको हत्या गरी शव घरभित्रै गाड्ने काठमाडौँबाट पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ ११, काठमाडौँ | </b>धनकुटामा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ५५ वर्षीया सिता श्रेष्ठको हत्या गरेको अभियोगमा धनकुटा नगरपालिका-४ छारागाँउ बस्ने ५५ वर्षीय सिताराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।&nbsp;<br></p><p>गत पुस १६ गते बेलुका देखि सिता श्रेष्ठ र सिताराम श्रेष्ठ हराई बेपता भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले सितारामलाई आइतबार काठमाडौँबाट फेला पारी पक्राउ गरेको थियो । थप सोधपुछको क्रममा उनले श्रीमतीको हत्या गरी गाडेको भनी बयान दिएपछि उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले सिताको शव फेला परेको हो । उनी उपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।&nbsp;</p>