Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सिके राउतका कार्यकर्ताले गरे मेयरको गाडीमाथि तोडफोड

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १२, काठमाडौँ | सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सर्लाही हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं चढ्ने गाडी नियन्त्रणमा लिएर तोडफोड गरेका छन्।

जनकपुरधाममा भइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न पुगेका मेयर प्रसाईको प्रदेश २–०३००१ झ ००२० नम्बरको गाडी सिके राउतका कार्यकर्ताले तोडफोड गरेका हुन्।

जनकपुरधामका विभिन्न ठाउँमा जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शन जारी राखेका छन्। जनमत पार्टीका कार्यकर्ताहरुले बिहानैदेखि ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका छन्।

उनीहरुले मधेश विगत एक महिनादेखि आन्दोलित रहे पनि माग पूरा गर्न चासो नदेखाएको र मधेसमा आएर निर्वाचन गरिरहेकाले विरोध गरेको जनाएको छ।