Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

देशभर ५६ लाख ४३ हजार घरधुरी, ६७ लाख ६१ हजार परिवार

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ १२, काठमाडौँ | </b>राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालमा जम्मा ५६ लाख ४३ हजार ९४५ वटा घरहरु रहेको उल्लेख गरिएको छ।&nbsp; उक्त जनगणना घरहरुमा बसोवास गर्ने परिवार संख्या ६७ लाख ६१ हजार ५९ परिवार रहेको केन्द्रीय तथ्यांक विभागले बुधबार जानकारी दिएको छ ।&nbsp;<br></p><p>२०७८ मा जनगणना घर र परिवारको अनुपात १ः १.२० रहेको जानकारी दिँदै विभागले प्रत्येक १०० वटा जनगणना घरमा औसतमा १२० परिवारहरू बसोबास गरिरहेको पाइएको जनाएको छ । २०६८ को जनगणनामा यस्तो घर र परिवारको अनुपात १ः१.१८ थियो । दश वर्षअघिको परिवार सङ्ख्या ५४ लाख २७ हजार ३०२ रहेका थिए । यस अवधिमा जम्मा १३ लाख ३३ हजार ५३१ (२४.५७ प्रतिशत) परिवार थप भएको विभागको तथ्यांकमा उल्लेख छ ।</p>