Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

किर्तिपुरमा बसेर अनलाइनमार्फत अमेरिकामा जुवा खेलाउने पक्राउ

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ १३, काठमाडौँ | काठमाडौँको कीर्तिपुर नगरपालिकाका विभिन्न स्थानमा सम्पत्ति हारजित हुनेगरी अनलाइनमार्फत जुवा खेलाउने गरेको एउटा गिरोह प्रहरीको फन्दामा परेको छ । प्रहरीले उक्त गिरोहका १२ जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले कीर्तिपुर नगरपालिका–६ चोभारबाट अनलाइनमार्फत जुवा खेलाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर–६ चोभारका सुजेन्द्र थापा, सोही ठाउँका मनिष थापा, समीर थापा, कविता थापा, रविन खड्का, कीर्तिपुरकै बुद्ध महर्जन, रोजा महर्जन, साहिल महर्जन, हनिशा महर्जन, प्रदीपमान सिंह बस्नेत र रमादेवि श्रेष्ठ छन् । उनीहरुको साथबाट १७ थान मोबाइल, १४ थान ल्यापटपलगायत सामग्री बरामद गरिएको महाशाखाले जनाएको छ ।

पक्राउ परेकालाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर, काठमाडौँको जिम्मा लगाएको छ । सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत र बुद्ध महर्जनले आवश्यक व्यवस्था गरी तीन घरमा २४सै घण्टा अनलाइनमार्फत जुवा खेलाउन कर्मचारीसमेत राखेको खुलेको छ ।

यसरी खटिएका कर्मचारीले फेसबुकमार्फत अमेरिका तथा युरोपका विभिन्न देशका नागरिकलाई साथी बनाई विभिन्न खेलमा अमेरिकन डलर लोड गर्न लगाई खेल खेल्न लगाउने तथा जित्ने पक्षलाई तोकिएको धनरासीसमेत पुरस्कारका रुपमा दिने गरेको पाइएको छ । सोधपुछका क्रममा १० महिना अगाडिदेखि महिनाको करिब एक लाख अमेरिकी डलर रकम हारजित हुने गरी अनलाइनमार्फत् जुवा खेलाउने गरेको पाइएको छ ।