Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

स्व पत्रकार विश्वकर्माको परिवारलाई आर्थिक सहयोग

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ १९, काठमाडौँ | स्व पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको परिवारलाई रु एक लाख आर्थिक सहयोग गरिएको छ । श्रमजीवी पत्रकार सङ्घ नेपालको पहलमा टिभी टुडे टेलिभिजनको व्यवस्थापन पक्षले रु एक लाख स्व पत्रकार विश्वकर्माकी श्रीमती निर्मला विकका नाममा रहेको नबिल बैंकको खातामा जम्ममा गरेको छ ।&nbsp;<br></p><p>टेलिभिजनले यसअघि विश्वकर्माको कीरिया खर्चवापत रु २१ हजार उपलब्ध गराएको थियो । टिभी टुडेमा कार्यरत विश्वकर्माको यही माघ ५ गते राति ललितपुरस्थित पाटन अस्पतालमा निधन भएको थियो । पत्रकार विश्वकर्मालाई सुरुमा उपचारका लागि नयाँबानेश्वरस्थित सिभिल अस्पताल&nbsp; पुर्याइएको थियो । रकम अभावका कारण विश्वकर्मालाई त्यहाँबाट फर्काइएको उहाँको आरोप छ । पत्रकार सङ्घ–सङ्गठनले समयमै उपचार नपाएर ज्यान गुमाएका पत्रकार विश्वकर्माको घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आएका छन् । अछामको रामारोशन घर भएका २६ वर्षीय स्व विश्वकर्माका श्रीमती र तीन वर्षीय छोरा छन् ।</p>