पढ्न करिब 1 मिनेट लाग्छ
<p>माघ २४, काठमाडौँ | मेक्सिकोको क्विन्टाना रू राज्यमा आइतबार बस पल्टिँदा कम्तीमा आठ जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।<br></p><p>क्विन्टाना रू अभियोजकको कार्यालयले जनाएअनुसार दुर्घटना एल टिन्टल शहर नजिकैको लाजारो कार्डेनास नगरपालिकाको कन्टुनिलकिन-कानकुन राजमार्गमा भएको थियो र पीडितहरू मध्ये पाँच पुरुष र तीन महिला थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार अटोबस डे ओरिएन्ट कम्पनीको उक्त बस निर्माण सामग्री बोकेको ट्रकसँग ठोक्किएको थियो।</p><p>नेशनल इन्स्टिच्युट अफ पब्लिक हेल्थको तथ्याङ्क अनुसार सडक दुर्घटनाबाट मृत्यु हुनेको सन्दर्भमा मेक्सिको विश्वभर सातौं र ल्याटिन अमेरिकामा तेस्रो स्थानमा पर्दछ।</p>

