पढ्न करिब 1 मिनेट लाग्छ

फागुन २३, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कमिटीमा ९७ जना सदस्य थप गर्ने निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रस्तावमा केन्द्रीय कमिटी बैठकले ९७ जना सदस्य थप गर्ने निर्णय गरेको हो । २ सय ४६ केन्द्रीय सदस्य रहेकोमा ९७ थपेर ३ सय ४३ पुर्याइएको छ ।

एक केन्द्रीय सदस्यका अनुसार प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्य पनि केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका छन् ।प्रचण्डकी अर्की छोरी रेनु दाहाल यसअघि नै केन्द्रीय सदस्य छिन् । गंगाले हाल सचिवालयमा रहेर प्रचण्डलाई सघाउँदै आएकी छिन् ।

यसैगरी प्रचण्डका स्वकीय सचिव रमेश मल्ल, अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङ समेत केन्द्रीय कमिटीमा समेटिएका छन् ।यसका अलावा इन्दु शर्मा, शेख चाँद तारा, अनिल श्रेष्ठ, अशोक भेटवाल, विपिन साहलगायत पनि केन्द्रीय सदस्य बनेका छन् ।