2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल–दक्षिण अफ्रिकाबीच सहयोग अभिवृद्धिको समझदारी

फागुन २७, काठमाडौँ । नेपाल र दक्षिण अफ्रिकाबीच पारस्परिक सहयोग अभिवृद्धिको समझदारी भएको छ । नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय परामर्श संयन्त्रको बिहीबार प्रिटोरियामा सम्पन्न पहिलो बैठकमा त्यस्तो समझदारी भएको हो । 

बैठकपछि परराष्ट्र सचिव भरतराज पौड्याल र गणतन्त्र दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा सहयोग विभागका कार्यवाहक महानिर्देशक नोन्सेबा लोसीले आआफ्नो सरकारका  तर्फबाट सहयोग अभिवृद्धिसम्बन्धी आशयको घोषणापत्रमा हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

द्विपक्षीय परामर्श बैठकमा दुई देशबीचको व्यापार, पर्यटन, प्रत्यक्ष वैदेशिक लगानी, जनताजनताबीचको सम्पर्क, सांस्कृतिक सहयोगका साथै संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिक अनुभवको आदानप्रदानलगायत द्विपक्षीय सम्बन्धका विस्तृत विषयमा छलफल भएको थियो । 

हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै परराष्ट्र सचिव पौड्यालले घोषणापत्रले नेपाल र दक्षिण अफ्रिकाबीचको द्विपक्षीय सहयोगलाई थप मजबुत बनाउन आधारभूत आधार तयार गरेको बताउनुभयो । उहाँले दक्षिण अफ्रिकी जनताको स्वतन्त्रता, मर्यादा र समानताको सङ्घर्षमा नेपालको ऐक्यबद्धता दोहो¥याउनुभयो । 

कार्यवाहक महानिर्देशक लोसीले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपाल र दक्षिण अफ्रिकाबीचको मैत्रीपूर्ण सम्बन्धमा नयाँ अध्याय सुरु भएको बताउनुभयो । उहाँले रङ्गभेदविरुद्धको लडाइँमा दक्षिण अफ्रिकी जनताको पक्षमा दृढताका साथ उभिएकामा नेपालको प्रशंसा गर्नुभयो ।

द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक सन् २०२४ मा काठमाडौँमा आयोजना गर्न दुवै पक्षबीच सहमति पनि भएको छ ।

यसैबीच, परराष्ट्र सचिव पौड्याललले दक्षिण अफ्रिकाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा सहयोग उपमन्त्री क्यान्डिथ माशेगो–दलामिनीसँग भेटवार्ता पनि गर्नुभयो । बैठकमा कोभिड–१९ नियन्त्रण, खोपमा समान पहुँच एवं वितरण र आर्थिक पुनरुत्थानलगायत विषयमा छलफल भएको थियो । 

अन्तर्राष्ट्रिय सम्बन्ध तथा सहयोग विभागद्वारा सञ्चालित उवुन्टु रेडियोसँगको अन्तर्वार्तामा परराष्ट्र सचिवले नेपाल सरकारका प्रमुख प्राथमिकताहरू र दुई देशले आफ्नो द्विपक्षीय सम्बन्धमा सार्थकता थप्न सक्ने सम्भावित क्षेत्रहरूका सम्बन्धमा विस्तृत जानकारी दिनुभएको थियो । 

परामर्श बैठक र द्विपक्षीय भेटवार्ता परराष्ट्र सचिवको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरे, प्रिटोरियास्थित नेपाली राजदूतावासका कार्यबाहक राजदूत ज्ञानबहादुर मगर, मन्त्रालय र दूतावासका अन्य अधिकारीको सहभागिता रहेको पनि उक्त मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक