चैत ४, काठमाडौँ । होली खेल्ने क्रममा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

तारकेश्वर नगरपालिका-५ गोलढुंगास्थित हेमराज खड्का को घरमा डेरा गरी बस्ने ४३ वर्षीया डिवन कुमारी खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खड्काको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बिहीबार साँझ ७:३५ बजे निधन भएको हो ।

यस्तै होली खेल्ने क्रममा छतबाट खसेर घाइते भएकी ३८ वर्षीया अन्जु कार्की ग्रीन सिटी अस्पताल सामाखुसीमा उपचार भइरहेको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत्त बालाजुले जनाएको छ ।

March 18, 2022
काठमाडौँ - KTM, समाज
होली खेल्ने क्रममा घरको छतबाट खसेर एकजनाको मृत्यु, एक घाइते
By साझासवाल
2 मिनेट पढाइ