पढ्न करिब 1 मिनेट लाग्छ

चैत ४, काठमाडौँ । शुक्रबार काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सेनाको जहाज अवतरण गरेको विषयलाई लिएर सामाजक संजालमा बिभिन्न टिकाटिप्पणी भएको छ ।

केहि साता अघि मात्र एमसीसी पास भएको अवस्थामा जनमानशमा अमेरिकी सेना नेपालमा आउने रे भन्ने भय अझै हट्न नसकेको अवस्थामा शुक्रबार आएको अमेरिकी सेनाको जहाजले तरंग ल्याएको हो । जहाज आएको भन्ने खबर मात्र पाएका सर्वसाधारणहरुले सामाजिक संजालमा एमसीसीलाई जोडेर बिभिन्न प्रतिक्रिया लेखेका छन् ।

केहिले जहाज अवतरण गरेको समाचार हावा भएको बताएका छन् । शुक्रबार अमेरिकी जहाज काठमाडौंको अवतरण गरेको समाचार भने सहि हो । तर उक्त जहाजले अमेरिकी सेना नभई अमेरिकन राजदूतावासको लागि अत्यावश्यक कागजात लिएर काठमाडौं आएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीकाअनुसार अमेरिकन जहाज बंगलादेशको राजधानी ढाकाबाट अमेरिकी दूतावासको कागजात लिएर काठमाडौं आएको हो ।