त्यसका लागि भारत जानुपर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... त्यसका लागि भारत जानुपर्"/>
2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एउटा मृगौला झिक्दा खासै फरक गर्दैन मोटो रकम पनि हात पर्छ भन्दै होटलमा राखेपछी….

चैत ११, काठमाडौँ ।‘तपाईहरूको आर्थिक अवस्था कमजोर छ । मानव शरीरमा दुइटा मृगौला हुन्छन् । एउटा मृगौला झिक्दा खासै फरक गर्दैन बरु आठ लाख बराबरको मोटो रकम पनि हात पर्छ ।’ उक्त कुरा सुनेपछि उनीहरू आफ्नो एउटा मृगौला बेच्न तयार भए । 

त्यसका लागि भारत जानुपर्ने भनियो । र, दुईजना आफ्नो एउटा मृगौला दिन तयार भए । त्यसबापत आठ लाख रुपैयाँ पाउनुपर्ने सर्त अघि सारे । दुवै पक्ष तयार भएपछि उनीहरूलाई काठमाडौंको माछापोखरीस्थित होटल न्यू दक्षिणकालीमा राखियो । होटलमा राखेर मृगौला बिक्री गर्न लागिएको भन्ने लागेपछि दुवै पीडितले प्रहरीलाई खबर गरे । 

यसरी ललाई-फकाई, आर्थिक प्रलोभन देखाई मृगौला झिक्न भारत लैजाने प्रयोजनार्थ माछापोखरी इलाकामा ल्याई राखिएको भन्ने सूचना प्रहरीले पायो । त्यसपछि महानगरीय प्रहरी वृत्त बालाजुबाट प्रहरी टोली खटियो । 

प्रहरी टोलीले न्यू दक्षिणकाली होटलबाट मकवानपुर हेटौडा उपमहानगरपालिका-१९ घर भई हाल काठमाडौं-४ बस्ने ३९ वर्षीय मोती लामालाई पक्राउ गर्‍याे । उनले बन्धक बनाएर राखेका दुई पीडितको समेत प्रहरीले उद्धार गर्‍यो । भारत लगेर मृगौला बेच्ने खोज्ने लामालाई प्रहरीले १६ फागुन राति पक्राउ गरेको थियो ।  

पक्राउ परेका लामालाई थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंमा बिहीबार भएको थुनछेक बहसपछि कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक