2026-06-19 03:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोबाइल चोरी भए सावधानीका लागि अपनाउनुस् यी पाँच विधि

वैशाख ११, काठमाडौँ | मानिसको गोजीमा भएको सामान जुनसुकै बेला पनि हराउने जोखिम हुन्छ। कहिले काहीँ गोजीमा भएको मोबाइल हराउन सक्छ। कुनै कार्यक्रममा जाँदा चोरले पनि मोबाइल चोर्नसक्छ। 

मोबाइल चोरी हुँदा व्यक्तिगत डाटा र डकुमेन्ट जोखिममा पर्छन्। यसका साथै नयाँ फोन खरिद गर्नका लागि ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा हराएको फोनको डिभाइस तुरुन्त बन्द गर्नुपर्छ। 

डिजिटल सेक्युरिटी स्पेशलिस्ट एमिलियो सिमोनीले मोबाइल चोरी हुँदा सबैभन्दा पहिले डिभाइस तुरुन्त लक गर्न लगाउनुपर्ने बताएका छन्। फोन नेटवर्क अपरेटरसँग सम्पर्क गरेर चिप क्यान्सिल गराउनु पनि निकै आवश्यक रहेको उनले बताएका छन्। त्यस्तो गर्दा फोन कसैका लागि पनि काम लाग्दैन।

अपरेटरको वेबसाइटबाट यसका लागि कसलाई सम्पर्क गर्ने भन्ने पत्ता लगाउन सकिन्छ। इन्टरनेश्नल मोबाइल इक्विपमेन्ट आइडिन्टिटीसँग पनि यस्तो गर्नु सम्भव छ। यो एक इन्टनेश्‍नल रजिस्ट्री हुन्छ। जसमा मोबाइललाई तुरुन्त बन्द गर्न सकिन्छ।

मोबाइल हराउँदा आफ्ना थुप्रै व्यक्तिगत अकाउन्ट भएका पासवर्ड फेरिदिनुपर्छ। सिमोनीले मोबाइलमा भएका एपहरूका सबै पासवर्ड फेरिदिनुपर्छ। 

यस्तो नगर्दा फोन चोर्ने व्यक्तिले तपाइको व्यक्तिगत विवरणको दुरुपयोग गर्न सक्छ। फेसबुक, इन्टाग्राम, इमेल लगायत सोसल साइडको पासवर्ड सहजै बदल्न सकिन्छ।

यसका साथै आफूले कारोबार गरिरहेको बैंक तथा वित्तीय संस्थालाई पनि यस बारेमा सूचित गर्नुपर्छ। समयमै जानकारी दिँदा बैंकले मोबाइलमा रहेको ऐपलाई ब्लक गर्न सक्छ। 

यदि अपराधीले तपाईंको अकाउन्टबाट पैसा अरूको अकाउन्टमा ट्रान्सफर गरिरहेको भए त्यो पनि रोक्नसकिन्छ। प्रत्येक बैंकसँग सेवा दिने यस प्रकारको आफ्नो च्यानल हुन्छ।

मोबाइल हराउँदा आफ्ना साथी र परिवारका सदस्यलाई पनि जानकारी दिनुपर्छ। किनकि अपराधीले म्यासेज ऐप वा सामाजिक नेटवर्कबाट तपाईंका आफन्त र साथीलाई सम्पर्क गरेर बल्याकमेलिङ गर्न सक्छ। पैसा वा बैंक डिटेल माग्नसक्छ।

मोबाइल चोरी हुँदा प्रहरी कार्यालयमा जानकारी गराउनुपर्छ। यसले फोन चोरी भएको रेकर्ड रहन्छ। बैंक, बीमा कम्पनी र अन्य ठाउँमा पनि यस प्रमाणको आवश्यकता पर्नसक्छ। 

कतिपय अवस्थामा मोबाइल चोरी हुँदा त्यसमा रहेका आफ्नो पहिचानसँग जोडिएका दस्ताबेज पनि चोरी हुने जोखिम हुन्छ। यस्तो गर्दा प्रहरीले उक्त मोबाइल बढी जस्तो कुन क्षेत्रमा चलिरहेको छ भन्ने जानकारी लिन पनि सजिलो हुन्छ। र, हराएको मोबाइल फेला पार्ने सम्भावना पनि रहन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो