पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख २५, काठमाडाैं | आइतबार बिहान प्रदेश १ का तराई भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । स्थानीय वायु, पश्चिमी न्यून चापिय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामिलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण नेपालमा माैसम प्रतिकूल बनेकाे हाे ।

दिउँसो प्रदेश १ ,बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

राति प्रदेश १, बागमती र कर्णालीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ ।

साेमबार प्रदेश १, बागमती र गण्डकीका केही स्थान र बाँकी भूभागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ ।