पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख २९, काठमाडौँ | नेपाली सेनाको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गतको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमालको सफल आरोहण गरेका छन् ।

नेपाली सेनाका सह सेनानी गणेश कार्की र अमल्दार देवी प्रसाद न्यौपानेले ८ हजार ८४८.८६ मिटर अग्लो सगरमाथाको आज विहान ७ः५२ मिनेट जाँदा सफल आरोहण गरेका हुन् ।

सेनाका सह सेनानी जितेन्द्र कार्की, सिपाही खिमलाल वली र सिपाही कविराम घर्तीले आज विहान ६ः०४ बजे ८ हजार ५१६ मिटर अग्लो ल्होत्से हिमालको सफलतापूर्वक आरोहण गरेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको टोली सगरमाथा, ल्होत्से, कञ्चनजंगा र मनास्लु हिमालहरुको सफाई अभियानमा अहिले जुटेको छ ।