Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

उपमेयरमा जसले हराए कार्यपालिकामा उसैले जिताए

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ १९, मुगु | ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीबाट छायाँनाथ रारा नगरपालिकाको उपमेयरमा पराजित भएका बलराम साहनी नगर कार्यपालिकाको सदस्यमा गठबन्धनबाटै निर्वाचित भएका छन् ।

हालै सम्पन्न कार्यपालिका सदस्य निर्वाचनमा साहनी अल्पसंख्याक तथा दलित समुहबाट कार्यपालिका सदस्यामा निर्वाचित भएका हुन् । नेकपा माओवादी र नेकपा एसबीचकाे गठबन्धनबाट उपमेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेसकी ऐश्वर्या मल्लसँग उनी पराजित भएका थिए । पराजित साहनीलाई कार्यपालिका सदस्यमा गठबन्धनलेनै उम्मेदवार बनाएको थियो ।

साहनीसहित नगर कार्यपालिकामा सातै जना सदस्य गठबन्धनबाटै  निर्वाचित भएका छन् । कार्यपालिकामा साहनीले ४४ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण लावडले २७ मत प्राप्त गरेका थिए।

गठबन्धनबाट कार्यपालिकाका खुला सदस्यमा कृष्ण कुलाल, महिला समस्यामा चन्दादेवी रोकाया, राति कार्की, रमाईली बुढा, सुन्चौरा कामी, अबिसरा नेपाली, निर्वातिच भएका थिए । नेकपा माओवादी केन्द्रबाट राजबहादुर विक निर्वाचित भएका हुन् । कार्यपालिकाको लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो ।