Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कस्तो छ आजको मौसम ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ २३, काठमाडौं |</b> हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार नेपालमा मनसुन&nbsp; सरदर १३ जुनमा भित्रिने भए पनि यो वर्ष&nbsp; प्रदेश १ मा भित्रिसकेको छ।&nbsp; प्रदेश १, बागमती, गण्डकी र मधेश प्रदेशमा सामान्य बदली हुँदै केही स्थानमा छिटफुट वर्षा भइरहेको छ। बाँकी भू–भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।&nbsp;<br></p><p>यीसहित थोरै स्थानमा दिउँसोदेखि रातिसम्म मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जानकारी दिए। बागमती प्रदेशदेखि पूर्वी भूभागमा मौसम पूर्ण बदली रहेको उनले बताए।&nbsp;</p><p>यो वर्षको मनसुन सरदर मितिअघि नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको हो। अन्य भू–भागमा पनि केही दिनपछि मनसुन भित्रिने विभागले जनाएको छ।&nbsp;</p>