Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

फोहोर संकलनमा आफैं जुटे वडाध्यक्ष रिजाल, संकलित फोहोर वडा कार्यालयमै राखिने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ २३, काठमाडौं | काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले वडावरिपरिका फोहोर व्यवस्थापन शुरु गरेका छन्।

नगर कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाहलाई ‘बैठक प्रक्रिया सिकेर आउनुस्’ भनेपछि उनी चर्चामा थिए। अहिले आफ्नो वडाको फोहोर व्यवस्थापनमा आफै सक्रिय भएपछि उनी पुनः चर्चामा आएका छन्।

वडा १६ को फोहोर व्यवस्थापनको समस्या समाधानका लागि पहल शुरु गरिएको वडाध्यक्ष रिजालले बताए। उनले भने, ‘‘सोह्रखुट्टे चोकबाट शुरु गर्दै कालधारा र शाशा गेटमा रहेको फोहोरको अल्पकालीन व्यवस्थापनमा जुटेका छौँ। सहयोग गर्नुहुने काठमाडौं महानगरपालिका वातावरण विभाग र सम्पूर्णमा आभार व्यक्त गर्दै सल्लाह र सुझावको अपेक्षा राख्दछौँ।’’

मेयर बालेन पनि काठमाडौंको फोहोर व्यवस्थापनका लागि दौडधुपमा छन्। काठमाडौंको फोहोर व्यवस्थापन चुनौती बन्दै आएको छ।