2026-06-17 05:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छुट्टाछुट्टै सवारी दुर्घटनामा तिन जनाको मृत्यु

जेठ २६, काठमाडौं |  कैलाली,धादिङ र तेह्रथुममा भएको सवारी दुर्घटनामा तिन जनाको मृत्यु भएको छ 

 कैलालीको घोडाघोडी नगरपालिका–२ पाण्डेचोक साडेपानीमा गएराती मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय तारा रावल रहेकी छिन् । ठक्करबाट गम्भिर घाइते भएकी रावलको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

सुदुर पश्चिम प्रदेश ०१–००८ प ६४०७ नम्बरको मोटरसाइकलले गएराती सवा ९ बजे पैदलयात्री रावललाई ठक्कर दिएको थियो । 

मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय सुखड कैलालीले नियन्त्रणमा लिएको छ ।

धादिङको धुनिवेशी नगरपालिका–६ चालिसेमा गएराती ट्रकको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ । 

गोर्खाको गण्डकी गाँउपालिका ५ दरबुङ घर भएकी अन्दाजी ४४ बर्षीया राममाया विकको मृत्यु भएको हो । काठमाडौंबाट नारायणगढ तर्फ जादै गरेको ना८ख ५१ ७३ नम्बरको ट्रकको ठक्करबाट गएराती साढे ९ बजे गम्भीर घाइते भएकी विकको उपचारको क्रममा ट्रमा सेन्टरमा राती साढे १० बजे मृत्यु भएको हो । ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तेह्रथुमको म्याङलुङ नगरपालिका–१ डबलीमा हिजो साँझ ट्रयाक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा तेह्रथुमकै फेदाप गाउँपालिका–५ इसिबुका २६ वर्षीय रबिन खापुङ रहेका छन् । म्याङलुङबाट तमोरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त ४९८ नम्बरको ट्रयाक्टर हिजो साँझ अनियन्त्रित भइ सडकबाट अन्दाजी एक सय मिटर तल खसेको थियो ।चालक खापुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ