Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दुबई पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १, काठमाडौँ | दुबई पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मुगुको खत्याड गाउँपालिका–११ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका मूलपानी बस्ने ३१ वर्षीय निराजन कार्की छन् ।

काठमाडौंको सिफलस्थित भिजन मल्टिपर्पोज प्रालिका सञ्चालक कार्कीले ‘दुबई (यूएई)मा जानका लागि सात लाख रुपैयाँ लाग्छ, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस गार्डको काम लगाइदिन्छु’ भन्दै सातजनालाई ठगेको आरोप छ ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–३१, नयाँबानेश्वरबाट पक्राउ गरेको जनाइएको छ ।