Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

४ वर्षमा सवा ६ करोड अवैध सम्पत्ति आर्जनको अभियोगमा विध ल्याबका सञ्चालकविरुद्ध मुद्दा दायर

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ३, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको कलवलगुडीस्थित स्थानीय विकास प्रशिक्षणका तत्कालीन बरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भण्डारीले पदमा रहेको बेला गैरकानूनी रुपमा ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ सम्पत्ति आर्जन गरेको ठहर गर्दै आव विशेष अदालत काठमाडौंमा अख्तियारले मुद्दा दायर गरेको हो ।

दायर गरिएको मुद्दामा भण्डारीसँग ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ बिगो दाबी गरिएको छ ।

भण्डारीले २०७३ असोज २१ मा रा.प.अनं. प्रथम श्रेणी बरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिए । उनले २०७७ साउन १ गते स्वेच्छिक अवकाश लिएका थिए ।

सेवा प्रवेश गरेको मितिदेखि २०७८ पौष मसान्तसम्मलाई जाँच अवधि कायम गरी आय व्यय गणना गर्दा भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी संचय कोषबाट लिएको ऋण सापटी, सार्वजनिक सेवा प्रवेश पूर्वको बचत समेत गरी २६ लाख ६१ हजार ६३६ आय आर्जन गरेको अनुसन्धानमा देखिएको अख्तियारले जनाएको छ ।

सो अवधिमा उनले ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ खर्च तथा लगानी गरेको अनुसन्धानमा पाइएको छ । ठूलो रकम गैरकानूनीरुपमा आर्जन गरेको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको हो ।