Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौंको केएमसी होस्टलकी कर्मचारी मृत अवस्थामा फेला

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १९, काठमाडौं |  बुद्धनगर स्थित काठमाडौं मोडेल स्कुल(केएमसी स्कुल)को होस्टलमा क्यान्टिनमा काम गर्ने २१ वर्षीया रमा रायमाझीको शव झुन्डिएको अवस्थामा भेटिएको छ।

छात्रा होस्टलमा कार्यरत रमालाई झुण्डेको अवस्थामा देखेपछि विद्यार्थीहरुले प्रहरीलाई खबर गरेका थिए । रायमाझी विगत ५ वर्षदेखि सोही विद्यालयको क्यान्टिनमा कार्यरत थिइन्। घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली र फरेन्सिक चिकित्स गोपाल चौधरी सहितको टिम पुगेर अनुसन्धान गरेका छन् ।उनको शव घटनास्थलमै छ । मृतकका वुवा आमा गएराति काभ्रेबाट काठमाडौँ आएका छन् ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार उनी केएमसीको क्यान्टिनमै कार्यरत थिइन्। मैनाली भन्छन्, 'स्कुलको ग्राउण्ड फ्लोरमा रहेको होस्टलको रुममा उनी मृत भेटिएकी हुन्। उनको हत्या भएको भन्दै आफन्तले शव उठाउन दिएका छैनन्। घटनाको अनुसन्धानका लागि प्रहरी टोली शनिबार राती नै केएमसी पुगेको थियो। घटनाको अनुसन्धान भैरहेको छ।'