Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असार १९, काठमाडौँ | काठमाडौं, दाङ र सर्लाहीबाट जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–६ भृकुटीचोकस्थित नमस्ते होटेलबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–४ घर भएका ४५ वर्षीय प्रकाशराज प्रसाईसहित ८ जना रहेका छन् ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार १ सय ८० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

दाङको तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कस्थित रातामाटा होटलबाट जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले फक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका–११ घर भएका ३५ वर्षीय सेती राम बुढाथोकी लगायत छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २ हजार ३ सय ८५ रूपैयाँ र १ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाहीको लालबन्दी नगरपालिका–१० बस्ने कान्छा भन्ने अम्मर बहादुर गोलेको घरबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका–१७ बस्ने ४९ वर्षीय मिन बहादुर मगर लगायत छन् । उनीहरुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख ३४ हजार ४ सय ५ रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।