पढ्न करिब 1 मिनेट लाग्छ

साउन २१, काठमाडौं | ताइवानको रक्षा मन्त्रालयसँग सम्बद्ध प्रमुख अधिकारी याङ ली-सिङको शव एउटा होटलको कोठामा भेटिएको छ । उनी दक्षिणी ताइवानको एउटा होटलमा शनिबार मृत भेटिएका हुन् ।

समाचार एजेन्सी रोयटर्सले ताइवानको आधिकारिक केन्द्रीय समाचार एजेन्सीलाई उद्धृत गर्दै उनको हृदयघातका कारण मृत्यु भएको जनाएको छ ।

याङ लि-सिङ सैन्य स्वामित्वमा रहेको चुङ-सान इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी, रक्षा मन्त्रालयको अनुसन्धान र विकास शाखाका उपप्रमुख थिए ।

५७ वर्षीय याङको हृदयघातका कारण मृत्यु भएको र उनको कोठामा ‘घुसपैठ’ भएको कुनै संकेत नदेखिएको अधिकारीहरूले बताएका छन् । उनको मुटुसम्बन्धी समस्या रहेको र स्टेन्ट लगाइएको परिवारले जनाएको छ ।

याङ लि-सिङ् दक्षिणी काउन्टी पिङतुङमा व्यापारिक शिलशिलामा गएको बताइएको छ । उनले यस वर्षको सुरुमा धेरै मिसाइल उत्पादन परियोजनाहरूको निरीक्षण गरेका थिए ।

रोयटर्सका अनुसार ताइवानले चीनबाट बढ्दो खतरालाई ध्यानमा राख्दै यस वर्ष आफ्नो वार्षिक क्षेप्यास्त्र उत्पादन क्षमतालाई दोब्बरभन्दा बढी ५०० पुग्ने गरी काम गरिरहेको छ ।