Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौं उपत्यकामा अत्यावश्यक अवस्थामा बाहेक ‘नो हर्न’ बजाउन निषेध

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २२, काठमाडौँ | काठमाडौँ उपत्यकामा आइतबारदेखि ‘नो हर्न’ कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडि बढाइएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको प्रमुख आतिथ्यमा ‘नो हर्न’ अभियानलाई पुनः सुरु गरिएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौँ महानगर प्रमुख बालेन्द्र साहले ‘नो हर्न’ लेखिएको पहेँलो स्टिकर एक अर्काको सवारीसाधनमा टाँसेर कार्यक्रमको समुद्घाटन गरे ।

‘नो हर्न’ अभियान सफल बनाउनका साथै सडक प्रयोगकर्ताहरुमा सचेतना फैलाउन आजबाट पद्मकन्या बहुमुखी क्याम्पसका एक सयजना विद्यार्थी १५ दिनका लागि ट्राफिक प्रहरीसँगै सडकमा खटिएका छन् ।

हर्नले ध्वनि प्रदूषण मात्र नभई व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले ‘नो हर्न’ कार्यक्रमलाई निरन्तरता दिनका लागि यो कार्यक्रम पुनः सुरु गरिएको काठमाडौँ महानगर प्रमुख बालेन्द्र साहले बताए ।

काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रणका लागि १ वैशाख २०७४ वैशाखबाट ‘नो हर्न’ लागु गरिएको थियो । जस अनुसार अत्यावश्यक पर्दा बाहेक अन्य अवस्थामा हर्न बजाउन निषेध गरिएको छ ।