पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ७, काठमाडौँ | विदेशी नागरिकलाई नेपालको बाटो भएर तेस्रो मुलुक जान नपाउने प्रतिबन्ध सरकारले हटाएको छ ।

१३ वैशाख २०७८ मा त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र यो विमानस्थललाई पारगमनका रुपमा प्रयोग गरी अन्य गन्तव्य जान नपाउने गरी रोक लगाएको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १३ वैशाख २०७८ को निर्णय खारेज गरेसँगै अब भने कुनै पनि विदेशी नागरिक नेपाल अवतरण गरी यहाँबाट जुनसुकै तेस्रो गन्तव्यमा जान पाउने छन् ।

कोभिड–१९ महामारीका बेला भारतीय नागरिक नेपाल आएर साउदी अरेबिया जाने क्रम बढेपछि गत वर्ष सरकारले यस्तो निर्णय गर्नु परेको थियो । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।