भदौ १५, काठमाडौँ | नाबालिग गायिकालाई बलात्कार अभियोगमा कारागारमा रहेका नायक पल शाहविरुद्धको मुद्दाको पेशी तनहुँ जिल्ला अदालतमा बुधबारका लागि तोकिएको छ।

शाहविरुद्ध बलात्कार मुद्दाको पेशी जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासमा तोकिएको हो। शाहविरुद्धको मुद्दाको अन्तिम फैसलाका लागि तनहुँ अदालतमा बुधबार सुनुवाइ सुरु हुनेछ। उता नवलपुर अदालतमा भने ८ गतेका लागि तोकिएको पेशी स्थगित गरेर आगामी भदौ २१ सम्मलाई सारिएको छ।

जिल्ला अदालतले मुद्दाको अन्तिम किनारा लगाउने क्रममा पललाई थुनामै राख्ने या रिहा गर्ने गरी फैसला सुनाउन सक्नेछ।

नाबालिग गायिकामाथि बलात्कार अभियोगसहित गत फागुन २१ गते उनका बाबुले तनहु प्रहरीमा किटाणी जाहेरी दिएका थिए।

पल शाहको मुद्दा फैसलातर्फ- तनहुँ अदालतमा बुधबारका लागि पेशी तोकियो, सुनुवाइ हुँदै