Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

साउदी अरबमा सामाजिक सञ्जालमार्फत देशलाई नोक्सान पुर्‍याएको आरोपमा एक महिलालाई ४५ वर्ष जेल

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ १६, काठमाडौँ | साउदी अरेबियाले सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा एक महिलालाई ४५ वर्षको जेल सजाय सुनाएको छ । विज्ञहरूका अनुसार साउदी अरबमा यस्तो खालको यो दोस्रो घटना हो ।

साउदी अरेबियाको एक आतंकवाद अदालतले नौरा बिन्त सईद अल काहतानीलाई सामाजिक सञ्जाल पोस्टहरू मार्फत सामाजिक ढाँचामा खलल पार्ने प्रयास गरेको र सरकारी आदेशहरूको उल्लंघन गरेकोमा दोषी ठहर गरेको छ ।

रिपोर्टका अनुसार ती महिलाले साउदी अरेबियाका नेताहरूको आलोचना गरेकी थिइन् । तर, यसबाहेक उनको सोसल मिडिया पोष्टसँग सम्बन्धित कुनै पनि जानकारी अहिलेसम्म सेयर गरिएको छैन ।

यसअघि ९ अगस्टमा अर्की एक महिलालाई ट्वीटरमा गरेको गतिविधिमा ३४ वर्षको जेल सजाय सुनाइएको थियो । यी महिला लीड्स विश्वविद्यालयमा पीएचडी विद्यार्थी थिइन् । उनको नाम सलमा अल शेहाब रहेको बताइएको छ ।

उनी यसै वर्षको जनवरीमा साउदी अरबमा छुट्टी मनाउने क्रममा पक्राउ परेकी थिइन् । सलमा शाहाबलाई सरकारी आदेशको उल्लंघनलगायत अन्य कैयौं आरोपमा पनि दोषी ठहर गरिएको थियो ।

यस विषयमा जानकार एक विज्ञले बीबीसी न्युज आवर कार्यक्रममा काहतानीमाथि लागेको आरोपको दायरा निकै ठूलो रहेको बताए । उनलाई आतंकवाद विरोधी र साइबर अपराध विरुद्धको कानुनअन्तर्गत कारवाही गरिएको हो । यी यस्ता कानुन हुन्, जसअन्तर्गत सरकारको आलोचनासँग सम्बन्धित पोष्टहरू टाढा(टाढासम्म पनि अपराध मान्न सकिन्छ ।

गत वर्षदेखि हालसम्म केही अन्य महिला कार्यकर्ताले पनि सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा हिरासतमा लिइसकेको छ । अब उनीहरुलाई पनि कडा सजाय सुनाउन सकिने आशंका जताइएको छ ।