Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १९, काठमाडौँ | स्याङ्जामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान्‌ पक्राउ परेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका-८ का ४० वर्षीय गोपाल दमै श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका हुन् ।

उनले श्रीमती ४२ वर्षीया मञ्जुलाई भदौ १४ गते कुटपिट गरी घाइते गराएको प्रहरीले दाबी गरेको छ ।

भदौ १४ मा गोपालले कुटपिट गरेर टाउकोमा समेत हिर्काएपछि गम्भीर घाइते भएकी मञ्जुलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरामा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।

उनलाई स्थानीयले उपचारका लागि जिल्ला अस्पताल लगेका थिए । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि गण्डकी शिक्षण अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।

मञ्जुको मृत्युपछि पक्राउ परेका पतीलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको डीएसपी खनालले जानकारी दिए ।