Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

९० दिनभित्र भवनका र ३५ दिनभित्र पर्खालका नक्सा पास नगरे हटाइन्छ : महानगर

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २३, काठमाडौँ | काठमाडौं महानगरपालिकाले २ ओटा सार्वजनिक सूचना जारी गर्दै नक्सा पास नगरी बनेका घर तथा भवनको नक्सा ९० दिनभित्र र सीमा पर्खालको नक्सा ३५ दिनभित्र पास गरिसक्न म्याद दिएको छ ।

महानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भएपनि भवनको पनि नक्सा पास गर्न भनेको छ । महानगरको शहरी व्यवस्थापन विभागले नक्सा पास नगरी बनेका संरचना तोकिएको समयभित्र नक्सा पास नगरेमा कारबाही प्रक्रिया अघि बढाउने बताएको छ ।

अर्को सूचना जारी गर्दै महानगरले भवनको मात्रै नभएर सीमा पर्खालको नक्सा ३५ दिनभित्र पास गर्न भनिएको छ । मापदण्डविपरीतका सीमा पर्खाल नक्सा पास नगरिए महानगरले भत्काउने सूचनामा उल्लेख छ । यसरी हटाउँदा लागेको खर्च पनि घरधनीबाटै असुल्ने महानगरको चेतावनी छ ।

अन्यथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता र कार्यविधि तथा कार्यालयको निर्णयअनुसार कारवाही गरिने महानगरको चेतावनी छ ।