पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ३०, काठमाडौँ | अवैध संरचना हटाउने र फुटपाथका पसल हटाउने महानगरपालिकाको अभियानविरुद्ध फुटपाथ व्यापारी आन्दोलनमा उत्रिएका छन्। साना व्यवसायीहरू बिहान भद्रकाली हुँदै महानगर कार्यालय परिसर गएर कार्यालय घेराउ गरेका हुन्।

काठमाडौं महानगरपालिकाविरुद्ध जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघ आन्दोलित भएको हो। महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै नेपाल स्वरोजगार श्रमिक व्यापार संघले बिहीबार काठमाडौंमा प्रदर्शन गरेको छ।

महानगरले फुटपाथ र साना व्यवसायीहरूलाई बिना सूचना निर्मम ढङ्गले लखेट्न खोजेकाले आफूहरू आन्दोलनमा उत्रिनु परेको संघले जनाएको छ।