Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नयाँ बानेश्वरमा चल्यो महानगरको डोजर

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ३१, काठमाडौँ | काठमाण्डौ महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ ।

सडक मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो । यसअघि भूमिगत पार्किङ र फुटपाथ व्यापार हटाउने अभियान पनि महानगरपालिकाले बानेश्वरबाटै सुरु गरेको थियो ।

भदौ ६ गतेदेखि सुरु गरेको अभियानअन्तर्गत महानगरपालिकाले बेसमेन्ट तथा अन्डर ग्राउन्डकाे व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ भने विभिन्न ठाउँका  मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ ।

डोजर लगाउने क्रममा केहि घरधनीहरुले विरोध गरेका थिए ।  महानगरपालिकाले काठमाडौंका बिभिन्न स्थानमा निरन्तर रुपमा अनधिकृत संरचना हटाउँदै आएको छ ।