Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
October 16, 2022 समाज

नयाँ स्टक र ब्रोकर लाईसेन्सको प्रक्रिया रोकिनसक्ने

By साझासवाल 2 मिनेट पढाइ

असोज ३०, काठमाडौँ । निर्वाचन आयोगले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाईसेन्स, कमोडिटी बजारको लाइसेन्स र लघुविमा कम्पनीहरुको नयाँ लाईसेन्स खुलाएकोमा सम्बन्धित निकायसंग स्पष्टिकरण माग गरेको छ । आयोगले निर्वाचन आचारसंहिता लागिसकेपछि नयाँ लाईसेन्सको आवेदन माग भएको भन्दै स्पष्टिकरण माग गरेको हो ।

आयोगले शनिबार नेपाल धितोपत्र बोेर्ड, बीमा समिति र अर्थमन्त्रालयलाई एक पत्र लेख्दै आचार संहिता लागेको समयमा खुलेको लाईसेन्स प्रक्रियालाई किन्ने नरोक्ने भनि स्पष्टिकरण माग गरिएको हो । आयोगले ति निकायहरुलाई तिन दिन भित्र स्पष्टिकरण पेस गर्न निर्देशन दिएको हो ।

निर्वाचन आचारसंहिता सुरु भइसकेपछि नियमविपरित लाईसेन्स प्रक्रिया खोलिएको भन्दै यसलाई रोक्न केही दिनअघि निर्वाचन आयोगमा उजुरी परेको थियो ।