कात्तिक ३, काठमाडौँ | विश्व चर्चित बेलायती एड्भेन्चरर तथा कार्यक्रम प्रस्तोता बेयर ग्रिल्स हाल नेपाल भ्रमणमा छन् । निकै चर्चित कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’ मार्फत् विश्वभरी पहिचान बनाउने बेयर ग्रिल्सले सगरमाथा क्षेत्रको भ्रमण गर्ने नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

पर्यटन बोर्डले ग्रिल्सलाई नेपालमा स्वागत गर्दै उनको भ्रमण सफल होस् भन्दै शुभकामनासमेत दिएको छ । यस्तै ग्रिल्सले पनि आफ्नो ट्वीटर अकाउन्टमा एउटा भिडियो पोस्ट गर्दै एभरेष्ट खुम्बु क्षेत्रमा परिवार र साथीभाइसँग आइपुगेकोमा आफू निकै उत्साहित भएको बताएका छन् ।

उनले सगरमाथा र आमा डब्लमको सम्झना सधैँ आफूसँग शक्तिशाली रुपमा रहनेसमेत बताएका छन् । उनको ट्वीटमा थुप्रैले कमेन्ट गरी नेपालमा स्वागत गरेका छन् । साथै यात्रा सुखद रहोस् भनेर कामनासमेत गरिरहेका छन् ।

विश्व चर्चित बेलायती कार्यक्रम प्रस्तोता बेयर ग्रिल्स नेपालमा, सगरमाथा क्षेत्रको भ्रमण गर्ने