२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय स्वतन्त्र पार्टीको परिकल्पना : अबको ३१ वर्षमा यस्तो बन्नेछ नेपाल

२०७९, १७ कार्तिक बिहीबार ०७:१७

कात्तिक १७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले अघि सारेको वाचा पत्रले अबको ३१ वर्षमा देश निर्माणका लागि आधार तयार हुने दाबी गरेको छ । ‘यो वाचा पत्रले अबको ३१ वर्षपछि विसं २११० मा राष्ट्रिय स्वतन्त्र पार्टीले परिकल्पना गरेको नेपालको लागि आधार तयार पार्ने छ’, वाचापत्रको पृष्ठ ३४ मा उल्लिखित हाम्रो परिकल्पनाको देश शीर्षकमा भनिएको छ । 


नेपालको संविधान २०७२ मा लिपिबद्ध “समाजवादप्रति प्रतिबद्धता” लाई ध्यानमा राख्दै वाचा पत्रमा तत् तत् कार्यक्रमहरू राखिएको भन्दै पार्टीले २११० सम्ममा नेपालमा समाजवादको आधार तय गर्ने उल्लेख गरेको छ । 

त्यति बेला सम्ममा समान गुणस्तरको शिक्षा र स्वास्थ्यमा सबै नागरिकको समान पहुँच हुने पार्टीको अपेक्षा छ । यस्तै २११० पछि शिक्षा र स्वास्थ्य क्षेत्रलाई समुदायीकरण गरी पूर्णरुपमा गैरनाफामूलक बनाइने स्वतन्त्र पार्टीको वाचा छ  । विस २११० सम्म सम्पूर्ण नेपालीहरू पूर्ण बिमाको दायरामा हुने तथा मुलतः शिक्षा र स्वास्थ्य सेवाको ग्यारेन्टी गर्ने पार्टीको दाबी छ । 

नेपाल अन्तराष्ट्रिय पर्यटन क्षेत्रमा घुम्न लायक गन्तव्यको सूचीमा रहने, विश्व शान्ति क्षेत्रको रुपमा स्थापित हुने, कुनै पनि नेपालीहरू रोजगारीका लागि विदेश जान नपर्ने, गुणस्तरीय र सुलभ यातायात प्रणाली हुने, सूचना तथा सञ्चार प्रविधिमा सबै नेपालीको सुलभ पहुँच र उपलब्धता हुने सो पार्टीको अपेक्षा छ । 

यस्तै गरिबीको रेखामुनि रहेका नेपालीको संख्या शून्य हुने, सबै नागरिकको सामाजिक र आर्थिक सुरक्षाको ग्यारेन्टी हुने, खेलकुदमा अन्तर्राष्ट्रिय पदक हासिल हुने, नेपाल विश्वमा न्यून भ्रष्टाचार हुने मुलुकमा पर्ने जस्ता विषय सो पार्टीले परिकल्पना गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो